Skip to content

साताको कारोबारको पहिलो दिन घट्यो सुनचाँदीको मूल्य

nmb bank inside

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार १०० रुपैयाँले घटेको हो। योसँगै आजका लागि सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन शुक्रबार २ लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो।

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्