Skip to content

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भेनेजुएलाको शासन सञ्चालन गर्ने घोषणा; राष्ट्रपति मादुरो र उनकी पत्नी पक्राउ

nmb bank inside

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि अमेरिकाले भेनेजुएलाको शासन सञ्चालन गर्ने र तेल स्रोतहरूको व्यवस्थापन गर्ने घोषणा गरेका छन् । यस सैन्य हस्तक्षेपको विश्वव्यापी रूपमा र संयुक्त राष्ट्र संघद्वारा अन्तर्राष्ट्रिय कानुनको उल्लंघनको रूपमा आलोचना भइरहेको छ ।

अमेरिकी सैन्य छापा र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीको गिरफ्तारीपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शनिवार संयुक्त राज्य अमेरिकाले भेनेजुएला चलाउने बताएका छन् । फ्लोरिडाको आफ्नो मार–ए–लागो निजी क्लबमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले आफूहरुले सुरक्षित, उचित र संक्रमण कालीन अवस्थासम्मका लागि देश चलाउने बताए ।विदेशमन्त्री मार्को रुबियो र रक्षामन्त्री पीट हेगसेथ लगायतका शिर्ष अमेरिकी अधिकारीहरूले भेनेजुएला चलाउन मद्दत गर्न एक टोलीसँग मिलेर काम गर्ने बताए ।

ट्रम्पले थप अमेरिकी सैन्य संलग्नताको सम्भावनालाई नकार्न अस्वीकार गरे । आफूहरु प्रत्यक्ष सैन्य उपस्थितिका लागि नडराउने उनको भनाइ छ । जोइन्ट चिफ अफ स्टाफका अध्यक्ष ड्यान केनले पत्रकार सम्मेलनमा भेनेजुएलामा ठूलो मात्रामा आक्रमण र मादुरोलाई पक्राउ गरेपछि अमेरिकी सेना त्यस क्षेत्रमा रहने बताए । संक्रमणकालमा भेनेजुएलामा अमेरिकी सैन्य उपस्थितिको सम्भावनाको बारेमा सोधिएको प्रश्नमा ट्रम्पले आफूहरु तेलसँग सम्बन्धित विषयमा भेनेजुएलामा उपस्थित हुने बताए ।

ट्रम्पले अमेरिकी तेल कम्पनीहरूलाई भेनेजुएलाको ऊर्जा पूर्वाधार कब्जा गर्न र लगानी गर्न अनुमति दिने र देशका लागि पैसा कमाउन शुरु गर्ने योजना बनाएको बताउनु भयो । ट्रम्पले आफूहरुले जमिनबाट ठूलो मात्रामा सम्पती निकाल्ने र त्यो सम्पती भेनेजुएलाका जनता र भेनेजुएलामा बस्ने गरेका बाहिरका मानिसहरूमा जाने बताए । मादुरोलाई हिरासतमा लिएर र महिनौंको सैन्य दबाब अभियान शुरु गरेर ट्रम्पले आफ्नो प्रशासनले १९औं शताब्दीको सुरुमा ल्याइएको मोनरो डक्ट्रिनलाई अतिक्रमण गरेको बताए । भेनेजुएलामा हालैका अमेरिकी आक्रमण र मादुरोको गिरफ्तारीले विश्वव्यापी निन्दा र चिन्ता पैदा गरेको छ ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्