Skip to content

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँ बढेको हो । यो बढोत्तरी सँगै यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अमेरिकाले भेनेजुयलामा गरेको आक्रमण र नियन्त्रणले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ सोमबार उच्च दरले बढेसँगै नेपाली बजारमा प्रभाव परेको हो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १८५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५ सय रुपैयाँ रहेको चाँदी आज ४ हजार ६८५ रुपैयाँ पुगेको महासंघले जनाएको हो ।
dish home inside

arrow प्रतिक्रिया दिनुहोस्