Skip to content

एनआईसी एशिया बैंकले ठग्यो भन्दै ग्राहकले बैंकमै पुगेर गरे आत्मदाहको प्रयास

nmb bank inside

काठमाडौँ । इटहरीस्थित एनआईसी एशिया बैंकमा सोमबार एक व्यवसायी पेट्रोल लिएर पुगे । बैंकले आफुलाई मार्न बाध्य बनाएको भन्दै उनले बैंकको कोठा भित्रै पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे ।

उनले एनआईसी एशिया बैंकले आफुलाई लुटेको दाबी गर्दै बैंकभित्रै आत्मदाहको प्रयास गरेका हुन् । बैंकले मिलेमतोमा आफुलाई ठगेको र आफ्ना परिवारलाई पनि मर्न बाध्य बनाएको ती ऋणीको दाबी छ । उनी दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानका कार्यकर्ताहरुसँगै सो बैंकमा पेट्रोलसहित पुगेका थिए । बैंक सहजताको प्रोत्साहनकर्तामात्र होइन, दुखको साथी पनि हुनुपर्छ ।

नाफाको बेला ब्याज लिने बैंकले घाटा र आर्थिक मन्दीको बेला व्यवसायीको संरक्षण पनि गर्नुपर्छ भन्ने अवाज उठिरहेका बेला यसरी व्यवसायी आत्मदाहको प्रयासमा उत्रनुलाई गम्भीर रुपमा हेरिएको छ । एनआईसी एशिया बैंकले ग्राहक ठगेका घटना बढेपछि राष्ट्र बैंकले बैंकलाई कारवाहीको तयारीसमेत गरेको थियो । तर, बैंकका तत्कालीन सीइओ रोशन कुमार न्यौपाने र तत्कालीन अध्यक्ष तुलसीराम अग्रवालले बैंकबाट राजिनामा दिएपछि कारवाही रोकिएको थियो ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्