Skip to content

बिहिबार घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ । बिहिबार सुनको मूल्य ह्वातै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो । यो गिरावट सँगै आजका लागि सुनको भाउ प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको छ।

कारोबारको अघिल्लो दिन बुधबार सुनको भाउ प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ४ हजार ८३५ रुपैयाँ कायम भएको छ।

 

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्