काठमाडौँ। साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार एक सय रुपैयाँले बढेको हो। यो बढोत्तरी सँगै आज नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन बिहिबार सुन प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। नेपालि बजारमा आज चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्