Skip to content

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। साताको कारोबारको पहिलो दिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । यो बढोत्तरी संगै आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६ सय कायम भएको छ।

कारोबारको अघिल्लो दिन शुक्रबार सुन प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । आज चाँदीको मूल्य तोलामा २१० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९ सय ९० रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन प्रतितोला ४ हजार ७ सय ८० रुपैयामा कारोबार भएको थियो।

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्