काठमाडौँ। साताको कारोबारको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा ४ हजार १०० रुपैयाँले बढेको हो । यो बढोत्तरी सँगै आज सुनको भाउ प्रतितोला २ लाख ७४ हजार ७०० रुपैयाँ कायम भएको छ।
कारोबारको अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा २९५ रुपैयाँले बढेर ५ हजार १९५ रुपैयाँ पुगेको हो । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्