Skip to content

नेप्से ४.९० अंकले बढ्यो, कारोबार रकम करिब ७ अर्ब नजिक

nmb bank inside

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले घटेको नेप्से मंगलबारको बजारमा भने ४.९० अंकले बढ्दै २६३९.९१ विन्दुमा पुगेको हो ।

यस दिन सेन्सेटिभ इण्डेक्स ०.५४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंकले उकालो लागेको छ । नेप्सेसँगै आज कारोबार रकममा पनि सुधार देखिएको छ ।सोमबार ६ अर्ब ४७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा मंगलबार ३४९ स्टकको ७७ हजार १७ पटकको कारोबारमार्फत ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यसदिन थ्रिस्टार हाइड्रोपावर लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको शेयरमूल्य ७५ रुपैयाँ ६० पैसाले बढेर प्रतिकित्ता ८३१ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ । त्यसैगरी, दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९.५ प्रतिशतले बढेको छ भने सुपर मादी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।

यता, रसुवागढी हाइड्रोपावर कम्पनीको शेयरमूल्य भने मंगलबार ६ प्रतिशतभन्दा बढीले घटेको छ । यसदिन कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी, एसवाई प्यानल र बुटवल पावर कम्पनीको शेयर सबैभन्दा बढी कारोबार भएको छ ।

१३ उपसमूहमध्ये मंगलबार ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशतले बढेको छ । त्यस्तै, व्यापार उपसमूह ०.९८ प्रतिशत र अन्य उपसमूह ०.७८ प्रतिशतले वृद्धि भएका छन् ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्