Skip to content

बैंक लुटेरालाई रोक्न खोज्दा गार्ड कार्कीमाथि खुकुरी प्रहार, यस्तो छ अवस्था

nmb bank inside

काठमाडौँ । नेपाल एसबिआई बैंकमा भएको लुटपाटका क्रममा लुटेरालाई रोक्न खोज्दा घाइते भएका सुरक्षा गार्डको प्राथमिक उपचार सम्पन्न भएको छ। बैंक लुट्न आएका समूहले धारिलो खुकुरी प्रहार गर्दा गार्ड घाइते भएका हुन्।

घाइते सुरक्षा गार्डको नाम रुद्र कार्की रहेको प्रहरीले जनाएको छ। प्राथमिक उपचारपछि उनी हाल प्रहरीको निगरानीमा छन्। घटनाको विस्तृत विवरण संकलन गर्न प्रहरीले कार्कीसँग सोधपुछ गरिरहेको छ।

लुटेराहरूले सुरक्षा गार्डमाथि आक्रमण गरी अन्य बैंक कर्मचारीहरूलाई बाँधेर बैंकबाट रकम लुटेका थिए। घटनापछि प्रहरीले लुटिएको रकममध्ये दुई बोरा नगद, लुटमा प्रयोग गरिएको गाडी तथा उक्त गाडीका चालकलाई नियन्त्रणमा लिइसकेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्