काठमाडौँ । बिहिबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेको हो । योसँगै यसदिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँमान कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। यसदिन चाँदी तोलामा १७० रुपैयाँले घटेर प्रतितोला ५ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको छ। अघील्लो दिन चाँदी प्रतितोला ५ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्