Skip to content

सुनको मूल्यमा आजपनि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। साताको कारोबारको तेस्रो दिन मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ एकैदिन २ हजार ७ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ कायम भएको छ।

कारोबारको अघिल्लो दिन सोमबार सुनको मूल्य तोलामा २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि मूल्य ७० रुपैयाँले बढेर प्रतितोला ५ हजार ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्