काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मनोनयन दर्ता गराएका छन् । मंगलबार पौडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि उनले नेपाली कांग्रेस परिवर्तनको बाटोतिर हिँडेको बताए । उनले अब निर्वाचनको सन्र्दभमा घोषणा पत्र सार्वजनिक गरिने समेत बताए ।उनले भने, ‘नेपाली कांग्रेस परिवर्तनको बाटोतिर हिँडेको छ । विधि, विधान अन्तरगत पार्टी चलाउनका लागि जोडबल गरिरहेका छौं । पार्टीभित्रका सबैखाले अन्तर विरोधहरु अब अन्त्य भएर जाने छन् ।
अब निर्वाचनको सन्र्दभमा ल्याइने दृष्टिकोण १० गते सार्वजनिक गर्दैछौं । घोषणा पत्र सार्वजनिक गर्छौं । निर्वाचनपछि कांग्रेसले सरकारको नेतृत्व गर्न पायो भने प्रधानमन्त्री कसलाई बनाउने भन्ने घोषणा पत्रले प्रस्ट्याएर आउँछ ।’
क्षेत्र नं ५ बाटै राप्रपाका कमल थापा, नेकपा एमालेका नेता ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्