काठमाडौँ । ताप्लेजुङबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा डा. विरेन्द्र श्रेष्ठले उम्मेदवारी दिएका छन्। आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि श्रेष्ठले उम्मेदवारी दिएका हुन् ।
पञ्चमी बजार पुर्ख्यौली घर भएका श्रेष्ठले उम्मेदवारी घोषणासँगै चुनावी प्रचारलाई पनि तिव्रता दिएका छन् ।
गायक तथा इन्जिनियरका नामले स्थापित श्रेष्ठ जलविद्युत क्षेत्रमा पनि राम्रो दख्खल भएका व्यक्ति हुन् । उनले विभिन्न जलविद्युत परियोजनामा परियोजना व्यवस्थापक भएर जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् । उनी नेपाली काँग्रेसको प्रतिनिधि त्याग गरेर रास्वपाको सक्रिय राजनीतिमा लागेका हुन् ।
अहिले चुनावी प्रचारमा सक्रिय श्रेष्ठले समाजको नयाँ भविष्य कोर्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् । ‘इन्जिनियरको कलमले नक्सा मात्र कोर्दैन, समाजको नयाँ भविष्य पनि कोर्छ ।’, उनले भनेका छन्, ‘घण्टीमा भोट हालेर परिवर्तनको नयाँ खाका निर्माणमा सहयोग गर्नुहोला ।’
इलेक्ट्रोनिक इन्जिनियर श्रेष्ठले ताप्लेजुङमै बसेर फावाखोलाबाट ५ मेगावाट विद्युत उत्पादनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए भने माथिल्लो फावाखोला जलविद्युत आयोजनाबाट ६ मेगावाट विद्युत समेत उनकै नेतृत्वमा उत्पादन भएको थियो ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्