Skip to content

आज पनि सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

nmb bank inside

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सुनको मूल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै ५ हजार २ सय रुपैयाँले बढेको हो। योसँगै नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार कायम भएको छ।

कारोबारको अघिल्लो दिन आइतबार सुनको मूल्य तोलामा ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा २ सय ८५ रुपैयाँले बढेर तोलाको ६ हजार ७ सय ६५ रुपैयाँ कायम भएको छ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्