Skip to content

आइतबार ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

nmb bank inside

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको हो। यो सँगै आजका लागि सुनको भाउ प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबारको दिन शुक्रबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि ३ सय रुपैयाँले बढेर प्रतितोला ५ हजार १० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन चाँदी प्रतितोला ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भएको थियो।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्