काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन रणनीतिक योजना तत्काल कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरेका छन् ।
आगामी दिनमा निजी क्षेत्रमाथि आगजनी, तोडफोड र लुटपाट हुन नदिनका लागि पनि सरकारले सो योजना तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने उनको भनाइ छ ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्र फाइदा लिनका लागि मात्रै नभएको भन्ने कुरालाई सरकारले बुझाउनुपर्ने आवश्यता पनि औंल्याए । उनले निजी क्षेत्रबिना शिक्षा, स्वास्थ्य लगायतका हरेक कुरा सम्भव नभएकाले पनि सरकारले यसको महत्वबारे सर्वसाधारणलाई बुझाउनुपर्ने बताएका छन् ।
निजी क्षेत्रले रोजगारी सृजना, आयआर्जनको क्षेत्रमा अध्यक्ष ढकालले जेन–जी आन्दोलनमा जस्तो दुखद घटना फेरि मुलुकमा हुन नदिन पनि सरकारले सचेत भएर अघि बढ्नुपर्नेमा पनि जोड दिएका छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्