Skip to content

मंगलबार बढ्यो सुनको मूल्य, चाँदीको भने सामान्य घट्यो

nmb bank inside

काठमाडौँ। साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको हो।  यो बढोत्तरी सँगै आजका लागि सुनको भाउ प्रतितोला ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

कारोबारको अघिल्लो दिन सोमबार सुनको भाउ प्रतितोला ३ लाख ४  हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला पाँच हजार २४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्