काठमाडौँ । नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
सो समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा मित्रराष्ट्र भारत, बेलायत र अमेरिकाका सेनाका ब्यान्डहरूको विशेष प्रस्तुति पनि समावेश गरिएको थियो, जसले समारोहलाई थप आकर्षक बनाएको थियो । नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिको अवसर पारेर आफ्नो स्थापना दिवस मनाउँदै आएको छ। राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियानका क्रममा विसं १८१९ मा नेपाली सेनाको गठन गरेको ऐतिहासिक अभिलेख छ।
सो समयमा श्रीनाथ, कालीबक्स, बर्दवानी, सबुज र गोरख कम्पनी स्थापना गरिएका थिए । नेपाल राज्यका पुराना संस्थामध्ये नेपाली सेना एक प्रमुख संस्था मानिन्छ ।बाँकी तस्विरमा हेर्नुहोस्:

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्