Skip to content

मंगलबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन लाख एक हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

कारोबारको अघिल्लो दिन सोमबार सुन प्रतितोला तीन लाख दुई हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ ।

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्