काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ६०० रुपैयाँले बढेको हो। योसँगै आज सुनको भाउ प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबारको दिन शुक्रबार सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा ३७५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन शुक्रबार सुन ५ हजार ५० रुपैयाँमा खरिदबिक्री भएको थियो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्