Skip to content

चुनाबको बेला लगातार ७ दिन सार्वजनिक बिदा

nmb bank inside

काठमाडौँ। फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ । आयोगले निर्वाचनमा सबै मतदाताको सहभागीताका लागि फागुन २०, २१ र २२ गते गरी तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरिएको हो ।

सरकारले आयोगको उक्त सिफारिस स्वीकृत गरेमा लगातार ७ दिन सार्वजनिक बिदा हुने भएको छ । फागुन १८ र १९ गते होलीको बिदा, २०, २१ र २२ गते चुनावको बिदा २३ गते शनिबारको बिदा र २४ गते नारी दिवसको बिदा गरी लगातार ७ दिन बिदा हुने भएको हो  ।

 

 

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्