Skip to content

मंगलबार सुनको मूल्य बढ्दा चाँदीको घट्यो

nmb bank inside

काठमाडौँ।  साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १ हजार ३ सय रुपैयाँले बढेको हो।  यो बढोत्तरी सँगै आज सुनको भाउ प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

कारोबारको अघिल्लो दिन सोमबार सुनको भाउ प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । योसँगै आज चाँदीको मूल्य तोलामा ५ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ५ सय ९५ रुपैयाँ कायम भएको थियो ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्