Skip to content

कांग्रेसले साम्बाको उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने

nmb bank inside

काठमाडौं । नेपाली कांग्रेसले नेपाली महिला राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्रा भण्डारी (साम्बा) लाई उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमाफर्त साम्बाको उपचार कोषमा कांग्रेसका तर्फबाट पाँच लाख रुपैयाँ सहयोग गर्ने जानकारी गराएको बताएका हुन् ।

उनले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलाई फोन गरी खेलाडीको उपचार कोषमा कांग्रेसका तर्फबाट पाँच लाख सहयोग गर्ने जानकारी दिएको बताएका छन् ।

‘एन्फा अध्यक्षलाई फोन मार्फत खेलाडीको उपचार कोषमा कांग्रेसका तर्फबाट पाँच लाख सहयोग गर्ने जानकारी गराएको छु । देशको प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान गर्नुभएको प्रसिद्ध फुटबल खेलाडी साम्बालाई यतिबेला हामी सबैले साथ दिन जरुरी छ । उहाँलाई सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु’ उनले लेखेका छन् ।

साम्बाले एन्फा र सरकारले भने कुनै पनि पहल नगरेको भन्दै सोमबार आफ्नो उपचारका लागि सहयोग गर्न भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी थिइन् ।

यस्तै काठमाडौं मेडिकल कलेज केएमसीले उनले नेपालमा उपचार गर्न चाहेमा निःशुल्क उपचार गरिदिने घोषणा गरेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्