काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट नवलपुर क्षेत्र नम्बर-२ मा उम्मेदवारी दिएका युवा नेता मनिष खनाल यतिबेला चुनावी प्रचारप्रसारमा सक्रिय रूपमा जुटिरहेका छन्। निर्वाचन मिति नजिकिँदै गर्दा उनले घरदैलो अभियानलाई तीव्र बनाएका छन् र मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्।
देशभर रास्वपाप्रति बढ्दो आकर्षण देखिएको अवस्थामा नवलपुर क्षेत्र नम्बर २ मा पनि पार्टीको पक्षमा सकारात्मक माहोल देखिएको छ। युवा उम्मेदवारका रूपमा प्रस्तुत भएका खनालले विकास, पारदर्शिता र नयाँ राजनीतिक संस्कृतिको एजेन्डासहित मतदातासँग समर्थन मागिरहेका छन्।
स्थानीयस्तरमा उनको सक्रियता र युवापुस्तामाझको लोकप्रियताका कारण उक्त क्षेत्रमा उनको जितको सम्भावना बलियो देखिएको राजनीतिक विश्लेषकहरू बताउँछन्।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्