काठमाडौं । बुधबार नेपाली बजारमा  सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रहेसँगै हिजोको भाउ ३ लाख १४ हजार ८ सय रुंपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने १३० रुपैयाँले बढेको छ । मूल्य बढेसँगै आज चाँदीका मूल्य तोलामा ५ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ५ सय ८५ रुपैयाँ कायम भएको थियो ।