Skip to content

शुक्रबार सुनको मूल्य घट्दा चाँदीको बढ्यो

nmb bank inside

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज सुनको भाउ प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

कारोबारको अघिल्लो दिन बिहिबार सुन प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर तोलाको ५ हजार ७ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो दिन बिहिबार चाँदी तोलामा ५ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्