काठमाडौँ।स्वतन्त्र उम्मेदवार महावीर पुनको जित निश्चित देखिएको छ। पुन करिब ४ हजार मतगणना बाँकी हुँदा १२ हजार ६०० बढी मतान्तरले अगाडि रहेका छन् ।
धवलागिरी, मालिका, मंगला गाउँपालिका, बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको ४१ वटा वडाको मतगणना सकिदाँ पुनले २० हजार २०८ मतसहित अग्रता बनाएका छन् ।
पुनको गृहपालिका अन्नपूर्ण गाउँपालिकाको ५, ६, ७ र ८ को ३९०० मत गणना हुँन बाँकी छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ५२४ मत प्राप्त गरेका छन्।
नेपाली काँग्रेसका कर्णबहादुर भण्डारी (के.बी.)ले ६ हजार २७५, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ४१२ मत प्राप्त गरेका छन् । बिहीबार भएको मतदानमा म्याग्दीमा ४६ हजार २१५ मत खसेको थियो । ४२ हजार ४४५ मतगणना सकिएको छ ।