काठमाडौँ। नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विक्रम खनाल प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् ।
निर्वाचनको अन्तिम मतगणनाअनुसार खनाल ४५ हजार २४१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनले नेपाली कांगे्रसका उम्मेदवार विनोदकुमार चौधरीलाई ३५ हजार ७३९ मतान्तरले पराजित गरेका हुन् ।
यस क्षेत्रमा कांगे्रसका चौधरीले ९ हजार ५०२ मत प्राप्त गरे । नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद पाण्डेयले सात हजार ९५६ तथा जनता समाजवादी पार्टी नेपालका हृदयेश त्रिपाठीले सात हजार ८३२ मत प्राप्त गरेका हुन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्