Skip to content

खोटाङमा श्रम संस्कृति पार्टीले खोल्यो खाता

nmb bank inside

काठमाडौं । खोटाङमा श्रम संस्कृति पार्टी विजयी भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा खोटाङ बाट उम्मेदवार रहेका आरेन राईले जित हासिल गरेका हुन्।

विजयी भएसँगै प्रतिनिधिसभा सदस्य निर्वाचनमा श्रम संस्कृति पार्टीले खाता खोलेको छ। राई १६ हजार ६१२ मत ल्याएर राई विजयी भएका हुँदा नेकपा एमालेका देवबिक्रम राई भने १२ हजार ७१४ मत ल्याएर पछि परेका हुन्।

त्यस्तै, नेपाली कांग्रेस्का वीरकाजी राईले ११ हजार ९५७ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३ मत ल्याएका छन्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुद्र गिरीले ५ हजार ७०४ मत प्राप्त गरेका छन् ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्