काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी छन् ।१६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महिलाको सफलताले महिलामात्र होइन, पुरुषलाई पनि प्रेरित गर्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘हामी महिलालाई भविष्य भन्छौँ तर महिला वर्तमान पनि हुन् । महिला सफल हुँदा महिलामात्र प्रेरित हुन जरुरी छैन, पुरुष पनि प्रेरित हुन आवश्यक छ ।’डंगोलले संस्थागत नेतृत्वदेखि समुदायसम्मका विभिन्न क्षेत्रमा महिलाहरू सक्रिय रूपमा नेतृत्व गर्दै अघि बढिरहेको उल्लेख गरिन् । धेरै महिलाहरूले आफैं संघर्ष गरेर बाटो बनाउँदै अघि बढेको र त्यसले अन्य महिलाहरूलाई पनि मार्गदर्शन गरेको उनको भनाइ थियो ।
‘धेरै महिलाहरू आफैंले बाटो कोरेर अघि बढ्नुभएको छ । यसरी बनाइएको बाटो आफ्ना लागि मात्रै होइन, अरूका लागि पनि उदाहरण बनेको छ,’ उनले भनिन् ।उनले महिला सशक्तीकरणको विषयलाई नारामा मात्र सीमित राख्न नहुने पनि बताइन् । महिलाहरू आर्थिक रूपमा पनि सशक्त हुनुपर्ने आवश्यकता औंल्याउँदै काठमाडौं महानगरपालिकाले त्यसका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिइन् ।
उनले महानगरले महिलाको आर्थिक सशक्तीकरणलाई ध्यानमा राख्दै ‘एक वडा एक नमुना कार्यक्रम’ सञ्चालन गरिरहेको बताइन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्