काठमाडौँ । धनुषाको क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका रास्वपाका किशोरी साह कमलको उम्मेदवारी खारेज रहेको अवस्थामा उनले २० हजार भन्दा बढि मत प्राप्त गरेका छन् ।साहविरुद्ध फागुन १० गते निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो ।
साहको स्वामित्वमा रहेको कमल निर्माण सेवा कालोसूचीमा रहेको भन्दै उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले फागुुन ११ गते उजुरी निर्वाचन आयोगमा पठाएको थियो ।आयोगले फागुन १४ गते साहसँग स्पष्टीकरण मागेको थियो भने १८ गते उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।मतपत्र छपाई भइसकेकाले उनको उम्मेदवारीको चिन्ह भने यथावत नै रह्यो । अहिले मतगणना कार्य चलिरहँदा घण्टी चिह्नमा २० हजार ९१६ मत परेको छ ।
उम्मेदवारी खारेज भएपनि धेरै मत परेपछि निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै मतगणनाको परिणाम सार्वजनिक नगर्न निर्देशन दिएको छ । यो संगै उक्त क्षेत्रको मतगणना अन्योलमा परेको छ ।रास्वपा पछि उक्त क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मातृकाप्रसाद यादवले अन्तिम मतगणना सार्वजनिक भएअनुसार ७ हजार ५६६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रामपल्टन साह ७ हजार ४२८ प्राप्त गरेका छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्