Skip to content

चुनाबमा हारेपछी सामाजिक सेवा र सहयोग बन्द गरेको भन्ने हल्ला झुठो हो : सुनिलकुमार शर्मा

nmb bank inside

काठमाडौँ । नेपाली कांग्रेसका नेता सुनिलकुमार शर्माले आफु विरुद्ध सामाजिक संजालमा फैलिएको हल्लाप्रति गम्भीर आपत्ति जनाएका छन् । हाल सामजिक संजालमा शर्माले चुनाबमा हार व्यहोर्नु परेपछि विगतमा हुँदै आएको सेवा र सहयोग बन्द गरेको भन्दै विभिन्न टिकाटिप्पणी हरु भइरहेका छन्। उनले उक्त  हल्ला झुठो भएको भन्दै सामजिक सेवामा चुनावमा हार वा जित हुनुले केहि फरक नपार्ने बताएका छन्।

उनले भने, ‘विशेष गरी आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाई प्राथमिकतामा राख्दै छुटदेखि निःशुल्क उपचार तथा स्वास्थ्य सेवा प्रदान गर्दै आएको कुरा यहाँहरू सबैलाई अवगत नै छ। यस प्रकारका सेवा तथा सुविधाहरू देशका विभिन्न स्थानमा, सम्बन्धित वार्ड तथा जिल्लाहरूमा उचित प्रक्रिया र आधिकारिक माध्यममार्फत उपलब्ध गराइँदै आएको पनि सर्वविदित नै छ। नागरिकको आवश्यकता र आर्थिक अवस्थालाई ध्यानमा राखी सेवा पुर्‍याउने हाम्रो प्रयास सधैँ निरन्तर रहँदै आएको छ।

चुनावमा हार वा जित हुनु र सामाजिक सेवा तथा सत्कर्मबिच कुनै सम्बन्ध हुँदैन, न त कहिल्यै थियो। समाज र राष्ट्रप्रतिको हाम्रो दायित्वलाई आत्मसात् गर्दै यस्ता सेवा तथा सहयोगका कार्यहरू हामीले आगामी दिनहरूमा पनि देशभर निरन्तर रूपमा जारी राख्नेछौँ भन्ने कुरा सम्मानपूर्वक जानकारी गराउन चहान्छु’, उनले भनेका छन् ।

बजारमा फैलाइएका हल्ला वा भ्रममा नपरी आवश्यक जानकारीका लागि सम्बन्धित वार्डमा रहेका हाम्रो संस्थासँग आबद्ध प्रतिनिधिहरूसँग सम्पर्क गरी संस्थाको नियम र विधि अनुसार आउन समेत उनले आग्रहसमेत गरेका छन् ।

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्