काठमाडौँ । रास्वपाकी उम्मेदवार सोविता गौतमले आफ्नो चुनावी खर्च विवरण पेश गरेकी छिन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएकी गौतमले चुनाबमा भएको खर्च विवरण निर्वाचन आयोगमा पेश गरेकी हुन् । जसअनुसार उनको चुनावी खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ रहेको विवरणमा उल्लेख गरिएको छ।
गौतमले मनोनयन दर्ताका लागि ५ हजार, प्रचार प्रसार सामग्रीका लागि ३ लाख १७ हजार ४ सय, मतदाता प्रशिक्षणका लागि ३० हजार, नमुना मतपत्र/घोषणापत्र छपाइका लागि ७४ हजार २ सय, वडास्तरीय प्रचार प्रसार (१५ दिन) १ लाख, सवारी साधन २ वटा ३ लाख २५ हजार (चालक र इन्धन सहित), स्टेशनरी २३ हजार ४४५ र खाद्यान्न, रासन तथा पानी १ लाख १८ हजारको खर्च भएको उल्लेख गरेकी छिन ।
गौतम चितवन–३ बाट ५९ हजार २७७ मत ल्याएर निर्वाचित भएकी हुन् । नेकपाबाट उम्मेदवार बनेकी भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई फराकिलो मतान्तरले हराउँदै उनले निर्वाचित भएकी हुन् । रेनुले भने २० हजार ६१५ मत ल्याएर दोस्रो बनिन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्