काठमाडौँ। नेपालका वाणिज्य बैंकहरूमध्ये पटक–पटक विवादमा आउने Citizens Bank International Limited फेरि एकपटक गम्भीर आरोपमा तानिएको छ। यसपटक मोरङस्थित शाखाबाट करिब ५ करोड रुपैयाँ घोटाला भएको तथ्य बाहिर आएको छ, जसले बैंकिङ प्रणालीमै प्रश्न उठाएको छ ।
स्रोतका अनुसार बैंकमा राखिएको मुद्दती निक्षेप नै ग्राहकलाई जानकारी नदिई ऋणको धितोका रूपमा प्रयोग गरिएको आशंका छ । यदि यो पुष्टि हुन्छ भने, यो केवल नियम उल्लंघन मात्र होइन-निक्षेपकर्तामाथिको प्रत्यक्ष विश्वासघात हुनेछ। अर्कोतर्फ, बैंकभित्रको आन्तरिक नियन्त्रण प्रणाली नै कमजोर रहेको देखिन्छ। कर्मचारीले गल्ती गरे पनि कडा कारबाही नहुने, रकम फिर्ता गराएपछि मिलाइदिने प्रवृत्तिले घोटालालाई प्रोत्साहन दिएको आरोप छ। यसले संस्थागत अनुशासनमाथि गम्भीर प्रश्न खडा गरेको छ।
अझ चासोको विषय के छ भने, मोरङ प्रकरणलाई सुरुवातमा बैंकले सार्वजनिक नगरी आन्तरिक रूपमा मिलाउने प्रयास गरेको बताइन्छ। रकम उठ्न नसकेपछि मात्र प्रहरीमा पुग्नुले पारदर्शितामाथि शंका बढाएको छ । यो पहिलो घटना भने होइन। यसअघि पनि करोडौँ रुपैयाँ हराएको, नक्कली कागजातधारी कर्मचारी नियुक्त गरिएको, तथा विभिन्न आर्थिक अनियमिततामा बैंक जोडिँदै आएको छ। तर नियामक निकाय नेपाल राष्ट्र बैंकबाट अपेक्षित कडाइ नदेखिएको भन्दै आलोचना बढ्दै गएको छ ।
अब प्रश्न उठ्छ-के निक्षेपकर्ताको पैसा साँच्चिकै सुरक्षित छ ? र अझ ठूलो प्रश्न-के नियामक निकाय अब पनि चुप बसिरहने हो, वा कडा कदम चाल्ने समय आइसकेको हो ?
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्