काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण चैत १३ गते हुने भएको छ । संघीय संसद सचिवालयले शुक्रबार सूचना जारी गरी नवनिर्वाचित सांसदहरूको सपथ चैत १२ गते बिहीबार र प्रधानमन्त्रीको शपथ १३ गते शुक्रबार हुने जनाएको हो।
नयाँ प्रधानमन्त्रीका रुपमा निर्वाचनबाट १८२ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले शपथ लिनेछन् ।
त्यस्तै, नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुने तय भएको छ । सांसदहरूलाई कार्यक्रम समय भन्दा दुई घन्टा चाँडै उपस्थित हुन सचिवालयले आग्रह गरेको छ ।
साथै नवनिर्वाचित सांसदहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र (सक्कल तथा प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रति सहित औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोशाकमा उपस्थित हुन भनिएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्