Skip to content

आइतबार ५४.५१ अंकले बढ्यो नेप्से, ६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

nmb bank inside

काठमाडौँ । आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक ५४.५१ अंकले बढेर २९३१.५५ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३६४ कम्पनीको ६ करोड १४ लाख ७ हजार ७४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. २३ अर्ब ५९ करोडमाथिको सेयर कारोबार भएको छ । आज कुमारी बैंक लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । यस कम्पनीको ८५ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आइतबारको बजारमा कर्पोरेटसहित ६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता एनआईसी एशिया ब्यालेन्सड् फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्