काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार पनि सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ हजार ५०० रुपैयाँले घटेको हो। यो सँगै आज सुन प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
कारोबारको अघिल्लो दिन आइतबार पनि सुनको मूल्य तोलामा १२ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १ सय १५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा ४ हजार ५ सय ४० रुपैयाँमा कारोबार भएको थियो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्