काठमाडौं । प्रहरीले विभिन्न समयमा हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । बुधबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ५० वटा मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको जानकारी दिए ।
उनका अनुसार विभिन्न स्थानबाट चोरी भएका तथा हराएको भन्दै उजुरी परेका सवारी साधनमध्ये ५० वटा मोटरसाइकल खोजी गरी धनीको जिम्मा लगाइएको हो।उनले भने, ‘विभिन्न ठाउँबाट चोरी भएका तथा हराएको भनेर उजुरी आएका थिए। तीमध्ये ५० वटा मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाएका छौं।’
प्रहरीले केही सवारी साधन चोरी गरेर लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेकालाई थप अनुसन्धानका लागि सम्बन्धित स्थानमा पठाइएको छ । साथै, चोरीका मोटरसाइकलहरू भण्डारण गरेर राखिएको आशंका गरिएका स्थानहरूमा समेत खोजी गर्दा केही साधन बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले सवारी साधन हराएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गर्दै समयमै सूचना दिएमा खोजी कार्य प्रभावकारी हुने जनाएको छ । साथै, सवारी साधन सुरक्षित राख्न आवश्यक सतर्कता अपनाउन पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्