काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज हर्क साम्पाङले सरकारलाई सघाउने पक्षेमा रहेको बताएका छन् । शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् भवन परिसर पुगेका साम्पाङले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको प्रतिपक्षमा रहेर प्रश्न गर्ने र सरकारलाई समर्थन गर्ने बताए ।
उनले भने, ‘सरकारको प्रतिपक्षमा रहेर प्रश्न गर्ने छौँ । सहयोग गछै्र । सरकाले गर्नु पर्ने काम त्यसलाई प्रतिपक्षमा रहेर सहयोग गर्ने छैँ । देशलाई सघाउने पक्षेमा रहेको छैँ ।’ राजनीति गर्ने मान्छेले सर्वोच्च पदमा पुग्ने उद्देश्य राख्नुपर्ने भएकाले भावी प्रधानमन्त्रीको रूपमा आफूलाई अघि सारेको उनले बताए ।
उनले भने, ‘राजनीति गर्ने मान्छेले सर्वोच्च स्थानमा पुग्ने उद्देश्य राख्छ, राख्नुपर्छ। यसलाई अन्यथा मान्नुभएन। पार्टीको अध्यक्ष भएको नाताले सबै अरूले पनि भनेको हो त्यसमा मैले पनि भनेँ त्यसमा ठुलो कुरा छ र जनताले जे निर्णय गर्नुभयो यसलाई हामीले सहर्ष स्विकार्नुपर्छ सम्मान गर्नुपर्छ ।’
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्