Skip to content

जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होस: सुशीला कार्की

nmb bank inside

काठमाडौं । निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई सामाजिक सञ्जालमार्फत हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी कार्कीले ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रूपमा पाउँदा आफूलाई थप खुसी लागेको बताएकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन,‘नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई । ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रूपमा पाउँदा मलाई थप हर्षित बनाएको छजोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस, अपार शुभकामना ।’

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्