काठमाडौँ । शुक्रबार गठन भएको मन्त्रिपरिषद्मा कोशी प्रदेशले प्रधानमन्त्री पद बाहेक अन्य कुनै पनि मन्त्रालयमा प्रतिनिधि पाउन सकेको छैन । झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रधानमन्त्री शाहको नेतृत्वमा बनेको १५ सदस्यीय मन्त्रिपरिषद् कोशी प्रदेशबाट अन्य प्रत्यक्ष निर्वाचित सांसदहरूलाई समेटिएको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशमा उल्लेख्य जनमत पाउँदै २८ मध्ये १७ सिट जितेको भए पनि सो क्षेत्रबाट निर्वाचित अन्य सांसदहरू मन्त्री बन्नबाट बाहिर परेका छन् ।नयाँ मन्त्रिपरिषद्मा प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्री, रक्षामन्त्री र उद्योगमन्त्रीको जिम्मेवारी सम्हालेका छन् भने स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरुङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्र मन्त्री, सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री, खड्कराज पौडेल (गनेश) पर्यटन मन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री, निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री र खानेपानी मन्त्री, विक्रम तिमिल्सिना सञ्चार मन्त्री, प्रतिभा रावल सामान्य प्रशासन मन्त्री र भूमि व्यवस्था सहकारी मन्त्री, दीपक साह श्रम रोजगार मन्त्री, सोविता गौतम कानुन मन्त्री, गीता चौधरी कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री, र सीता वादी महिला, बालबालिका मन्त्री रहेका छन् ।
जसमा प्रधानमन्त्री बालेन नै कोशीको भूगोलबाट निर्वाचन जितेका हुन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हराएका थिए ।यता, वागमती प्रदेशले सर्वाधिक पाच जना मन्त्री पाएको छ । अन्य ६ प्रदेशले पनि मन्त्रालयमा प्रतिनिधित्व गरेका छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्