Skip to content

म्याद थपका लागि पुर्व गृहमन्त्री लेखकलाई काठमाडौ जिल्ला अदालत लगियो

nmb bank inside

काठमाडौँ। पुर्व गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई म्याद थपका लागि काठमाडौ जिल्ला अदालत लगिएको छ । अदालतको १४ नम्बर इजलासमा न्यायाधीश आनन्द कुमार श्रेष्ठको इजलासमा म्याद सम्बन्धी निवेदन पेश हुने भएको छ । न्यायाधीश श्रेष्ठ जिल्ला अदालतमा आइसकेका छन् ।

रमेश लेखकको प्रतिरक्षा गर्ने कानुन व्यवसायीहरुले इजलासमा उपस्थिति भएर बहस गर्ने जानकारी दिएका छन् । तर न्यायाधीश श्रेष्ठले प्रहरी र सरकारी वकिलको कार्यलयका तर्फबाट फाइल पेस नभएकाले केहीबेर पर्खन भनेका छन् ।

त्यसैले लेखकलाई जिल्ला अदालत काठमाडौंको रजिष्ट्रारको कार्यकक्षमा राखिएको छ । ऋदालत बाहिरपट्टी कार्यकर्ताहरुले प्रदर्शन गर्ने जानकारी पाएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरी र सशस्त्र प्रहरीहरु ठूलो संख्यामा परिचालित भएका छन् । तस्विरहरु:

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्