Skip to content

पेट्रोल महँगो हुदाँ पनि भाडा नबढेपछि राइडरहरु आन्दोलित (फोटोफिचर)

nmb bank inside

काठमाडौँ । राइड सेयरिङका चालकहरु आन्दोलनमा उत्रिएका छन् । नेपालमा सञ्चालनमा रहेका राइड सेयरिङ कम्पनीहरूले मनपरी भाडा निर्धारण गरेको र राइडरहरूको श्रम शोषण गरेको भन्दै स्वतन्त्र चालक फाउन्डेसनले सोमबार माइतीघरमा प्रदर्शन गरेको हो  ।

उनीहरुले पेट्रोलियम पदार्थको मूल्य आकाशिदा पनि भाडा यथावतनै रहेको भन्दै आफुहरु मर्कामा परेको उनीहरुको भनाइ छ । सोहि कारण आफुहरु आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन्। माइतीघर मण्डला क्षेत्रमा मोटरसाइकलहरु तेर्स्याएर र मोटरसाइकलसहित भेला भएर उनीहरूले मोटरसाइकल र्‍याली गर्दै सहरका विभिन्न स्थान परिक्रमा गरेका छन् ।

लामो समयदेखि सम्बन्धित निकाय र कम्पनीहरूसँग संवादको प्रयास गर्दा पनि आफ्ना समस्यालाई बेवास्ता गरिएपछि बाध्य भएर सडकमा उत्रिनुपरेको उनीहरूको गुनासो छ । कम्पनीले ज्यादती गर्दा पनि सरकार मौन बसेको भन्दै आफुहरुको माग तत्काल पुरा गर्नुपर्ने उनीहरुको अडान छ । त्यस्तै ,उनीहरूले बीमा राम्रोसँग लागू गर्नु पर्ने, कम्पनीले कमिसन घटाउनु पर्ने लगायतका माग पनि अघि सारेका छन् ।

साथै यथाशिघ्र आफुहरुले उठाएको माग पुरा नभए राइड सेयरिङ सेवा नै पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएका छन् । राइडरहरूको धैर्यतालाई कमजोरी नलिन चेतावनी दिँदै उनीहरूले यो आन्दोलनलाई देशव्यापी बनाउने उद्घोष समेत गरेका छन्।बाँकी तस्विरमा हेर्नुहोस् :

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्