Skip to content

अध्यक्ष साम्पाङ भन्छन् : कोठे बैठकमा हामी जाँदैनौँ, संसद् बोलाउनुपर्यो

nmb bank inside

काठमाडौं । प्रधानमन्त्री बालेन शाह(बालेन्द्र)ले सांसदहरूसँग छलफल थालेका छन् । प्रधानमन्त्री शाहले प्रदेशगत रूपमा सांसदहरूलाई सिंहदरबारमा बोलाएर छलफल गरेका हुन् ।

जारी छलफलमा आज कोशी र सुदूरपश्चिमका सांसद सहभागी छन् । तर, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले भने बहिष्कार गरेको छ । अध्यक्ष साम्पाङले आफूहरू कोठे बैठकमा सहभागी नहुने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीले संसद्को पहिलो बैठक बोलाउनुपर्छ । संसद् नबोलाएर गरिने कोठे बैठकमा हामी जाँदैनौँ । हप्ताको एक पटक कम्तीमा पनि संसद् बैठक राख्नुपर्छ । जनताको प्रश्नदेखि सरकार भाग्न पाउँदैन।’

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्