Skip to content

प्रकाश खड्काको पहलमा जुम्लामा हाई अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जग्गा सुनिश्चित

nmb bank inside

काठमाडौँ। कर्णाली प्रदेशमा खेलकुद पूर्वाधार विकासतर्फ महत्वपूर्ण फड्को मारिएको छ। जुम्लामा प्रस्तावित कर्णाली हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर स्थापना गर्न आवश्यक जग्गा औपचारिक रूपमा सुनिश्चित भएपछि लामो समयदेखि रोकिएको योजना पुनः जीवित बनेको छ।

The Council of Gen Z का संयोजक प्रकाश खड्काको सक्रिय पहलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहतालाई लालपुर्जा हस्तान्तरण गरिएको हो । पातारासी गाउँपालिका–३, लोठचौरमा रहेको ६ हजार १ सय २० वर्ग मिटर क्षेत्रफलको जग्गा स्थानीय व्यक्तिहरू लाउरो बोहरा, गोरबहादुर बोहरा र कुम्भर बोहराले उपलब्ध गराएका हुन्।

कार्यक्रममा जुम्ला जिल्लाका खेलकुद प्रमुख कबिदत्त न्यौपानेसहित विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

२०७५ सालदेखि रोकिएको यो परियोजना प्रकाश खड्काको निरन्तर पहल र समन्वयपछि मात्र पुनः गति लिन सफल भएको हो। उनको सक्रियताले ठप्प परेको योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।

यससँगै कर्णालीमा उच्चस्तरीय खेल प्रशिक्षण केन्द्र स्थापना हुने बाटो खुलेको छ। उच्च भू–भागमा हुने प्रशिक्षणले खेलाडीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ, जसबाट स्थानीयदेखि राष्ट्रिय स्तरका खेलाडीहरूले प्रत्यक्ष लाभ लिन सक्नेछन्।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्