Skip to content

बुधबार ७४.७३ अंकले घट्यो नेप्से परिसूचक

nmb bank inside

काठमाडौँ। बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक ७४.७३ अंकले घटेर २७७६.३६ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३४७ कम्पनीको ३ करोड २ लाख ९२ हजार ४५२ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १२ अर्ब १० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ७१ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा रिलायन्स स्पिनिङ्स मिल्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यस्तै, नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्