काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै जनताको अपेक्षा ठूलो रहेको बताएका छन् ।उनले जनताले आफूहरूलाई ठूलो जिम्मेवारीसहित सदनमा पठाएको उल्लेख गर्दै अब केवल अनुहार मात्र परिवर्तन नभई काम गर्ने शैली र परिणाम पनि परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
‘हामी माथि ठूलो भारी बोकाएर जनताले पठाउनु भएको छ । यो सदन अहिले अनुहार मात्रै परिवर्तन भएको छैन । यो सदनमा धेरै कुराहरू परिवर्तन गर्ने सदस्यहरू उपस्थित छौं,’ उनले भने ।
सांसद बुर्लाकोटीले वर्तमान संसदले जनताको विश्वास कायम राख्दै ठोस परिवर्तनतर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्