काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाय निर्विरोध निर्वाचित भएका छन् । मंगलबार सिंहदरबारमा समितिका ज्येष्ठ सदस्य सभापति कृष्णप्रसाद सिटौलाको सभापतित्वमा बसेको समितिको बैठकले नेपाली कांग्रेसका सांसद रोकायालाई सभापतिमा निर्वाचित गरेको हो ।
सभापति सिटौलाले बैठकमा कृष्णबहादुर रोकायलाई समितिको सभापति चयन गर्ने प्रस्ताव पेस गरेकोमा उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो ।समिति सभापतिमा सर्वम्मत भए पनि रोकायाले कसैप्रति कुनै खालको आग्रह नराखी पार्टीभन्दा माथि उठेर समिति र सभाको गरिमालाई बचाउने गरि भूमिका निर्वाह गर्ने बताए ।
उनले भने, ‘मैले आफ्नो कार्यकालमा यहाँहरुले विश्वास गरेर सभापति पदमा निर्वाचित गर्नुभएको छ । म कसैप्रति कुनै खालको आग्रह नराखेर आफ्नो जुन पार्टीबाट जुन ठाउँबाट निर्वाचित भएको छु त्यो भन्दा माथि उठेर विधायन समितिलाई अझै गरिमामय बनाउने राष्ट्रिय सभाको गरिमालाई बचाउने र निष्पक्षीय भूमिका मेरो तर्फबाट हुनेछ ।’ उनले समितिका सम्पूर्ण सदस्यहरुलाई हार्दिक आभारसहित धन्यवाद दिँदै विधायन समिति अत्यन्तै महत्वपूर्ण समिति रहेको पनि बताए ।
‘विधायन समितिका सम्पूर्ण सदस्यहरुले मलाई निर्विरोधरुपमा समितिको सभापति पदमा निर्वाचित गर्नुभएकोमा सबैलाई हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्न चाहन्छु । यो विधायन समिति अत्यन्तै महत्वपूर्ण समिति हो । कतिपय कानुनहरु राष्ट्रिय सभाबाट उत्पति हुने र कतिपय कानुन प्रतिनिधि सभाबाट उत्पति भई त्यहाँबाट पारित भई यहाँ आउने भएकोले यसलाई हामीले अध्यन गरेर उत्कृष्ट बनाउन सबैको मान्यजनहरुको सहयोग रहने छ,’ उनले भने ।
समितिले चयन भएर आएका नयाँ सांसदहरूलाई समेत स्वागत गरेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्