काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा पनि शनिबार र आइतबार बिदा हुने भएको छ । बिहीबार अस्पतालले एक सूचना प्रकाशित गर्दै सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै टिचिङमा पनि हप्ताको दुई दिन बिदा हुने जानकारी दिएको हो ।
एक सूचना प्रकाशित गर्दै टिचिङ अस्पताल प्रशासनले अबदेखि शनिबार र आइतबार दुई दिन बिदा हुने जनाएको छ । शनिबार र आइतबारबाहेकका दिन कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ । अस्पतालका अनुसार ओपीडी र शल्यक्रिया सेवा भने अरु दिन पनि सञ्चालन हुनेछ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्